१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पर्सि शुक्रबार बेलायत जाने भएका छन् ।
कात्तिक १५ र १६ (नोभेम्बर १–२) मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन देउवा नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार बेलायत जाने भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार शनिबार देउवा लण्डनमा बेलायती सांसदहरुको एक समूह र र यूके–नेपाल ट्रेड एण्ड इन्भेस्टमेन्ट फोरमले गर्ने कार्यक्रममा सहभागी हुनेछन् । आइतबार गैरअवासीय नेपाली संघ, भूपू गौर्खा सैनिकहरुको संस्थाका प्रतिनिधि लगायतसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री देउवा सोमबार कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । त्यही दिन उनले वल्र्ड लिडर्स समिटलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसपछि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनुका साथै विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग द्वीपक्षीय भेट गर्नेछन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका उच्च अधिकारीहरु रहनेछन् । देउवा १८ गते स्वेदश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4