१० कात्तिक, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सेनापति शर्माको भ्रमण स्वीकृत गरेको हो ।
भारतले प्रदान गर्ने मानार्थ महारथीको सम्मान ग्रहण गर्न प्रधानसेनापति शर्मा यही कात्तिक २३ गते भारत जाने कार्यक्रम छ । उनी २६ गते स्वदेश फर्कनेछन् ।
मन्त्रिपरिषद् बैठकले उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय समेत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4