+
+

गोरखामा २ करोड बराबरको धान बालीमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १८:०९

११ कात्तिक, गोरखा। बेमौसमी बर्षाका कारण जिल्लामा करिव दुई करोड रकम बराबरको धान बालीमा क्षति पुगेको छ । ३ हजार ५६९ रोपनी क्षेत्रफलको धान खेति पानीले डुबाएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

‘त्यति क्षेत्रफलमा ६ सय भन्दा बढी मेट्रिक टन धान उत्पादन हुन्थ्यो,’ कार्यालय प्रमुख परशुराम अधिकारीले भने, ‘तर सबै पानीले डुबायो ।’ गोरखा नगरपालिकामा मात्रै ११ सय ४० रोपनी क्षेत्रफलको धान वाली नष्ट भएको उनले जानकारी दिए । उनका अनुसार गोरखा नगरपालिकामा मात्रै करिव ६३ लाख रकम बराबरको क्षति भएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको ५ सय, गण्डकी गाउँपालिकाको ४ सय ७० र पालुङटार नगरपालिकाको ४ सय २७ रोपनी क्षेत्रफलको धान बालीमा क्षति पुगेको छ ।

त्यस्तै शहीद लखन गाउँपालिकाको २ सय ८५, आरुघाट गाउँपालिकाको २ सय ५७, अजिरकोट गाउँपालिकाको २ सय ५०, सिरानचोक गाउँपालिकाको १ सय ४० र भीमसेन थापा गाउँपालिकाको एक सय रोपनी क्षेत्रफलमा लगाइएको धान वालीमा पनि क्षति पुगेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

धार्चे र चुमनुव्री गाउँपालिकामा भने धान खेती नहुने कार्यालयले जनाएको छ । ‘कतिपयले धान काटेर राखेका थिए, कतै बोटमै थियो, तर बेमौसमी बर्षाले सबै बिगार्‍यो,’ उनले भने ।

क्षति विवरण जिल्ला प्रशासन कार्यालय र प्रदेशमा पनि पठाइएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । ‘अझै विवरण संकलन गर्दैछौ, केही थप भएर आउन सक्छ,’ उनले भने ।

बेमौसमी बर्षाका पीडित धान कृषकलाई राहत उपलब्ध गराउने तयारी सरकारले गरिरहेको छ । कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले प्रति हेक्टर ९० हजार रुपैया राहतको प्रस्ताव पेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?