+
+

नेकपा तीन वटा भयो, अझै चार वटा हुने खतरा छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १८:१८

११ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन वटा भएको र अझै चार वटा हुने खतरा रहेको बताएका छन् ।

बिहीबार चितवनको माडीस्थित हनुमानझुलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले नै पहल गरेर बामगठबन्धन हुँदै नेकपा निर्माण गरेको तर, त्यो अप्राकृतिक तरिकाले विभाजन भएको बताए ।

‘मेरै प्रस्तावमा वाम गठबन्धन गरेर साझा घोषणा पत्र र उम्मेदवारसहित निर्वाचनमा गएका थियौं । एक अध्यक्षलाई प्रधानमन्त्री बनाउने भनेर मैले पहिल्यै प्रतिबद्धता जनाएको थिएँ । त्यसबेला ओलीजीलाई ल्याएर माडीलाई मणी बनाउने भनेका थियौं.’ प्रचण्डले भने, ‘तर, अहिले दुर्भाग्य भनौं, पार्टी बडो प्राविधिक तरिकाले, बडो अप्राकृतिक तरिकाले दुइटा भयो । अहिले तीन वटा भएको छ । अझै चारवटा हुनसक्ने खतरा छ । बडो बिडम्बना नै भन्नुपर्छ ।’

तर, नेकपा एकता भंग भएर बनेको एमाले, एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रमध्ये कुन फुटेर अर्को पार्टी बन्दै छ ? भन्ने विषयमा भने प्रचण्डले केही ब्याख्या गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?