+
+

नेपाल बारको बैठक जारी, आन्दोलन घोषणा गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १३:०७
फाइल तस्वीर

१२ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनको बैठक बसिरहेको छ ।  सर्वोच्च अदालतमा चर्किएको तनावका विषयमा थप रणनीति तय गर्ने नेपाल बार एशोसिएसनको बैठक बसिरहेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद् विस्तारका क्रममा आफूले पनि भाग खोजेको भन्ने विषयमा सर्वोच्च अदालतमा केही समयदेखि विवाद चर्किएको छ ।

प्रधानन्यायाधीशको राजीनामा मागेको बार आन्दोलनको तयारीमा रहेको बताइएको छ । शुक्रबारको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?