+
+

आगामी शैक्षिक सत्रबाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम लागू हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १३:४७

१२ कात्तिक, काठमाडौं । आगामी शैक्षिक सत्र २०७९ बाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम कार्यान्वयन हुने निर्णय भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बिहीबार बसेको ८९ औं बैठकले हाल परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय गरेको हो । कक्षा ४, ५ र ९ का पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण भइरहेको छ ।

शिक्षामन्त्रीको अध्यक्षतामा बसेको परिषद् बैठकले मदरसामा अनिवार्य विज्ञान तथा प्रविधि विषयको सट्टामा दिनियात विषय अध्ययन गर्न पाउने निर्णय गरेको छ ।

मातृभाषामा ऐच्छिक पढाउन सकिने गरी पाठ्यक्रम बन्न सक्ने

बैठकले नेपालको संविधानमा मातृभाषाको व्यवस्था गरेअनुरुप थप अन्य मातृभाषाको पाठ्यक्रम पनि बन्न सक्ने र ऐच्छिक विषयको रुपमा पठनपाठन हुनसक्ने गरी व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।

केन्द्रका महानिर्देशक न्यौपानेले भने, ‘अब अरु मातृभाषाका विषय पनि ऐच्छिक विषयको रुपमा पढाउन सकिने र त्यसका लागि पाठ्यक्रम तयार गर्न सकिने गरी निर्णय गरिएको छ ।’

बैठकले जापानी, कोरियन, चिनियाँ लगायतका विदेशी भाषाको पाठ्यक्रम पनि स्वीकृत गरेको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?