+
+

थप अढाई लाखले भरे लाइसेन्स फारम, प्रणालीमा दैनिक १५ लाखपटक प्रवेशको प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १४:१३

१२ कात्तिक, काठमाडौं । सोमबारबाट शुरु भएको यातायात व्यवस्था विभागको अनलाइन आवेदन प्रणाली बिहीबार बन्द भयो । प्राविधिक समस्या देखिएपछि विभागले अनलाइन प्रणाली बन्द गर्नुपर्‍यो । प्रणालीमा एकैपटक ठूलो संख्यामा ‘भिजिटर’ आएपछि सिस्टम नै सुस्त हुन पुगेको छ ।

यातायात व्यवस्था विभागका एक अधिकारीका अनुसार एकै दिनमा प्रणलीमा १५ लाखपटक ‘हिट’ भएको छ । अर्थात् विभागको लाइसेन्स प्रणालीमा दिनमा फारम भर्नका लागि १५ लाख पटक प्रवेशको प्रयत्न भएको छ । सोमबार यता मात्रै करिब २ लाख ५० हजारले आवेदन भरेका छन् । यसअघि आवेदन भरेका करिब साढे २ लाख व्यक्तिको पालो अझै आएको नै छैन ।

लाइसेन्स कार्यालयहरुको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिने बताए पनि विभागले सेवाग्राहीलाई महिनौंपछिको ‘एपोइन्मेन्ट’ मिति तोकिरहेको छ । अहिले आवेदन भरेकाहरुको कतिपय कार्यलयले २०२२को नोभेम्बरसम्म ‘एपोनमेन्ट मिति’ दिइसकेको छ ।

विभागका कम्प्युटर इन्जिनियर पवित्र डंगोलका अनुसार अनलाइन प्रणालीमा देखिएको समस्या समाधान गरेर फेरि सञ्चालनमा ल्याइसकिएको छ ।

‘बिहीबार रातिबाटै प्रणाली फेरि सञ्चालनमा आएर फारम भर्ने काम सुरु भएको छ,’ उनले भने,’एकैपटक ठूलो संख्यामा सेवाग्राही प्रणलीमा आउँला केही ‘स्लो’ हुने समस्या देखिएको पनि छ ।’

नयाँ आवेदन दिनेहरुले अब अंकभार प्रणालीअनुसार परीक्षा दिने विभागको दावी छ । लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।

नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

तर, लाइसेन्सको परीक्षाको मिति नै एक वर्षपछि पाउन थालेपछि परीक्षार्थीहरू निरास छन् । सवारी चालक अनुमतिपत्र तत्कालै बनाउनुपर्ने अवस्थामा चालकहरू बढी प्रताडित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?