+
+

जयपृथ्वी राजमार्गको विकल्प खोजिँदै

रासस रासस
२०७८ कात्तिक १२ गते १५:३२
फाइल तस्वीर

१२ कात्तिक, बझाङ । वर्षासँगै आएको बाढीले जयपृथ्वी राजमार्ग ठाउँठाउँमा भत्किएपछि वैकल्पिक मार्गको खोजी हुन थालेको छ ।

दुई हप्तासम्म सो सडक सञ्चालनमा नआएपछि पानकोट-गोलाइ-सुतिया-मालुमेला-झनाना सडक र भाँडेबगर-मेल्लेख-नौरा-चैनपुर सडक सञ्चालनमा ल्याउन पहल थालिएको छ ।

केदारस्युँ-१ नारूगौडा खोलामा रहेको चट्टान फुटाएर वैकल्पिक सडक प्रयोग गर्ने प्रयास भइरहेको छ । छविसपाथीभेरा-१ जालेबगरमा तत्काल सम्भव नभएपछि वैकल्पिक सडकको खोजी शुरु भएको हो । छबिसपाथिभेरा गाउँपालिकाले भाँडेबाट ब्यासी, मेल्लेक हुँदै सुवेडा जोड्ने सडक मर्मत गरिसकेको गाउँपालिका अध्यक्ष अक्कल धामीले बताए ।

अहिले जयपृथ्वी राजमार्ग बन्द हुँदा बझाङ सदरमुकाम चैनपुरलगायत साना-ठूला बजारमा तरकारी, इन्धन, खाद्यान्नलगायतको अभाव हुनुका साथै चर्को मूल्यवृद्धि भएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?