+
+

न्यायालयमा देखिएको विवादबारे गठबन्धनले सामूहिक धारणा बनाउँछ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १३:११

१३ कात्तिक, जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवादबारे गठबन्धनले सामूहिक धारणा बनाउने बताएका छन् । यसबारेमा एक/दुई दिनभित्रै गठबन्धनको बैठक बस्ने उनले बताए ।

जनकपुर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले गठबन्धनका कोशी नेता यता, कोही उता रहेकाले एकत्रित भएर न्यायालयको विवादबारे सामूहिक धारणा बनाउने बताए । ‘न्यायालयको विवाद समाधान गर्न काठमाडौं केन्द्रित भएर हामी बैठक बसेर सामूहिक धारणा बनाउँछौं,’ उनले भने ।

गठबन्धनमा अहिले कुनै विवाद नभएको र ठीक ढंगले अघि बढिरहेको प्रचण्डले दाबी गरे । ‘पार्टीले आ-आफ्नो प्रभाव विस्तार गर्न खोज्नु स्वभाविक हो’ उनले भने, ‘तर गठबन्धनमा कुनै विवाद छैन् ।’

प्रतिपक्षीले गतिरोध उत्पन्न गरेपछि संसद बन्द

अध्यक्ष प्रचण्डले प्रतिपक्षी नेकपा (एमाले)ले दिनहुँ गतिरोध उत्पन्न गरेपछि केहि दिनका लागि संसद बन्द गरिएको बताए । ‘संविधानको मर्म विपरीत अनावश्यक विषयमा प्रतिपक्षीले संसदमा गतिरोध उत्पन्न गराएपछि केहि दिनका लागि संसद बन्द गरिएको छ’ उनले भने, ‘यो बीचमा वातावरण शान्त हुन्छ कि !’

अध्यादेश ल्याउनु विफल कुरा नभएको भन्दै उनले तत्काल संवैधानिक संकट टार्ने विकल्प भएको बताए । ‘कुन सन्दर्भमा कुन उद्देश्यले अध्यादेश ल्याइएको हो भन्ने बुझ्नुपर्छ’ उनले भने, ‘गलत उद्देश्यले ल्याउनुहुँदैन् ।’

उनले राष्ट्रिय सभाको निर्वाचनमा पनि गठबन्धन एक भएर जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?