+
+

गृहमन्त्री खाँणको स्पष्टीकरण : प्रधानमन्त्रीसँग कुनै असमझदारी छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १६:०६

१३ कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नभएको बताएका छन् ।

काठमाडौंका प्रहरी प्रमुखमा एसएसपी सुदीप गिरीलाई ल्याउने र अशोक सिंहलाई भैरहवा विमानस्थलमा काजमा खटाउने गृहमन्त्रीको निर्णयलाई प्रधानमन्त्री देउवाले रोकेका थिए ।

शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री खाँणले प्रधानमन्त्रीसँग आफ्नो कुनै असमझदारी नरहेको स्पष्टीकरण दिएका हुन् । आफूले प्रधानमन्त्रीसँग परामर्श गरेर नै काम गरिहेकोे समेत उनले बताएका छन् ।

खाँणले प्रहरीमा एआईजीको बरबन्दी थप लगायतका विषयमा छलफल भइरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?