+

भिनिसियसको दुई गोलमा रियल मड्रिड शीर्ष स्थानमा

२०७८ कात्तिक  १३ गते २१:०८ २०७८ कात्तिक १३ गते २१:०८
भिनिसियसको दुई गोलमा रियल मड्रिड शीर्ष  स्थानमा

१३ असोज, काठमाडौं । भिनिसिय जुनियरको दुई गोल मद्दतमा एल्चेलाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा रियलले १० खेलाडीमा सिमित एल्चेलाई उसैको मैदान २-१ ले पराजित गरेको हो ।

खेलको २२औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

६४औ मिनेटमा राउल गुटीले रातो कार्ड पाएपछि एल्चे १० खेलाडीम समेटियो । त्यसैको फाइदा उठाउदै भिनिसियसले ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८६ औं मिनेटमा वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एल्चेका पेरे मिल्लाले एक गोल फर्काए ।

जितपछि ११ खेलबाट २४ अंक जोडेर रियल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएपनि रियलले सोसिडाडलाई गोलअन्तरमा पछि पारेको हो । एल्चे १२ खेलबाट १० अंकसहित १५औं स्थानमा रहेको छ ।

भिनिसियस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय