+
+

सैनिक अदालतमा पठाएको मुद्दा जिल्ला अदालतमै फर्काउन सर्वोच्चको अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १७:०४

१४ कात्तिक, काठमाडौं ।सर्वोच्च अदालतले व्यक्ति हत्याको मुद्दा सैनिक अदालतमा पठाउने जिल्ला अदालत चितवनको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सैनिक जवानले गैरसैनिक क्षेत्रमा व्यक्ति हत्या गरेकोसम्बन्धी मुद्दा सैनिक अदालतमा नपठाउन आदेश दिएको हो ।

सर्वोच्च अदालतले जिल्ला अदालतको आदेशलाई सदर गर्ने उच्च अदालतको हेटौडा इजलासको आदेश कार्यान्वयनमा पनि रोक लगाएको छ । व्यक्तिहत्या जस्तो घटनामा जिल्ला अदालतमा मुद्दा चलेको अवस्थामा चितवन जिल्ला अदालतले त्यो मुद्दा सैनिक अदालतमा पठाउने आदेश गरेको थियो ।

उक्त आदेशले नियमित फौजदारी न्यायप्रणालीमा अतिक्रमण भएको भन्दै सरकारी वकिल कार्यालयले उच्च अदालतमा अर्को निवेदन दिएको थियो । उच्च अदालतले समेत जिल्लाकै आदेश सदर गरेपछि महान्यायाधिवक्ता कार्यालय रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको हो ।

सहकर्मी न्यायाधीश र कानुन व्यवसायीबाट राजीनामाको दबाब खेपिरहेका प्रधानन्यायाधीश जबराले आइतबार उक्त मुद्दामा सुनुवाई गर्दै अन्तरिम आदेश जारी गर्नुका साथै विपक्षीसँग लिखित जवाफ पनि माग गरेका छन् ।

यो पनि पढ्नुहोस् : सेनाले हात हाल्यो, जिल्ला र उच्च अदालतले लत्तो छाडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?