+
+

ललितपुर महानगरमा ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७८ कात्तिक १४ गते १८:२४
कुपण्डोलस्थित खोप केन्द्रमा खोप लगाउँदै एक ज्येष्ठ नागरिक ।

१४ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबारदेखि ज्येष्ठ नागरिकलाई निमोनिया रोग विरुद्धको खोप लगाउन शुरु गरेको छ ।

पहिलो चरणमा ७४ वर्षमाथिका ५ हजार २०० जना ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको (पीसीभी–१३) खोप लगाउन शुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

पहिलो दिन ललितपुर महानगरपालिका वडा नम्बर १–५ तथा २८ र २९ गरी ७ वटा वडामा खोप कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

दोस्रो दिन कात्तिक १५ गते वडा नम्बर ६–१३ सम्म गरी ८ वडा, कात्तिक १६ गते वडा नम्बर १४–२० गरी ७ वडा र कात्तिक १७ गते वडा नम्बर २१–२७ गरी ७ वडामा खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप लगाउने मुलुककै पहिलो स्थानीय तह ललितपुर महानगरपालिका भएको दाबी उनको छ ।

नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिशको आधारमा ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप (पीसीभी–१३) दिने व्यवस्था मिलाइएको उनले बताए ।

वडामा रहेको खोप केन्द्रमा पुगी बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने र यो अभियान कात्तिक १७ गतेसम्म सञ्चालन हुने उनले बताए ।

दोस्रो चरण अन्तर्गत ७० देखि ७३ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिइने उनले बताए । यो उमेर समूहका ज्येष्ठ नागरिक करीब २ हजार ८०० जना छन् । दोस्रो चरणको खोप कार्यक्रम छिट्टै सञ्चालन हुने अर्यालले जानकारी दिए ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?