+
+

काठमाडौं अवतरण हुनुपर्ने कतार एयरवेजको जहाज किन कोलकाता ‘डाइभर्ट’ भयो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १८:४७

१४ कात्तिक, काठमाडौं । आइतबार अपरान्ह सवा तीन बजे काठमाडौं विमानस्थलमा अवतरण हुनुपर्ने कतार एयरवेजको जहाज कोलकाता ‘डाइभर्ट’ भएको छ ।

यो जहाजले नेपालको आकाशमा निकै बेर फन्को मारेपछि काठमाडौं विमानस्थलमा अवतरण हुन सकेन । त्यसपछि उसलाई कोलकाता ‘डाइभर्ट’ गरिएको हो ।

यस्तो अवस्था आउनुमा सो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यस आसपासमा तीब्र गतिको हावा भएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

ठूलो लोड बोकेर आएको जहाजलाई तीब्र गतिमा हावा चलेका बेला अवतरण गर्दा जहाज अगाडि हुत्तिने सम्भावना हुने उनले जानकारी दिए ।

सोही कारण जोखिम नलिई कोलकता डाइभर्ट गरिएको हो । सो जहाज आजै काठमाडौं आउने समेत उनले जानकारी दिए । क्यूआर ६४६ उडान नम्बर भएको जहाज कोलकता डाइभर्ट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?