१४ कात्तिक, जनकपुरधाम। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयमा देखिएको विवादबारे राजनीतिक दलहरूले छलफल गर्नुपर्ने बताएका छन् ।
आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले अदालतको यस्तै स्थिति रहे राजनीतिक दलले निर्णय गर्नुपर्ने बताए ।
यसबारेमा निर्णय गर्न आफ्ना पार्टी सभापतिलाई बैठक बोलाउन भनिसकेको नेता पौडेलले बताए । पार्टीमा होस या गठबन्धनमा या संसदमा न्यायालयको विवादलाई निष्कर्षमा पुर्याउनुपर्ने उनले बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको विवादबारे गलत बोलिरहेको उनले बताए । ‘ओलीले ४ जना न्यायाधीशमाथि कार्वाही गर्नुपर्छ भनिरहेका छन्’ पौडेलले भने, ‘जसमाथि प्रश्न उठेको छ त्यसमा कुरा गर्ने हो । अरुमाथि प्रश्न किन ?’
‘यसले ओलीले हिजो अदालतमा सेटिङ गर्नुभएको थियो जुन अहिले देखिन्छ’ उनले भने । आफ्ना कमजोरी लुकाउन नेताहरु अन्यत्र ध्यान मोड्न खोज्नु गलत भएको उनले बताए ।
प्रतिक्रिया 4