+
+

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च परिसरमा आज पनि प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते ११:०३

१५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् ।

हिजो पहिलो दिन सर्वोच्च अदालतको बीच भागसम्मै पुगेका कानुन व्यवसायीहरुलाई आज भने प्रहरीले छेउमै रोकेको छ । उनीहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहितको कालो ब्यानर बोकेर उभिएका छन् । साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा धर्ना दिने उनीहरुको पूर्वनिर्धारित कार्यक्रम छ ।

नेपाल बार एशोसिएसनको अगुवाइमा जारी प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।

१६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय एशोसिएसनले गरेको छ ।

यो पनि पढ्नुस्- सर्वोच्चका न्यायाधीशले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?