१५ कात्तिक, काठमाडौं । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको एक प्रतिनिधि टोलीले स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेट गरेको छ । स्वास्थ्यमन्त्री खतिवडासँगको भेटमा उक्त टोलीले नसर्ने रोगसम्बन्धी नीति तथा कार्यक्रममा ‘ट्रान्सफ्याट’ नियन्त्रणसम्बन्धी नीति तथा कानुन निर्माणमा आवश्यक पहल गरिदिन अनुरोध गरेको छ ।
प्रतिष्ठानका अनुसार नेपालमा नसर्ने रोगसम्बन्धी नीति तथा कार्यक्रम तयारी अवस्थामा रहेको छ । उक्त नीति तथा कार्यक्रममा ट्रान्सफ्याट नियन्त्रणका लागि ९ बुँदे सुझावसहितको एक पत्र स्वास्थ्यमन्त्री खतिवडालाई हस्तान्तरण गरेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका पूर्वअध्यक्ष तथा राष्ट्रिय कार्यक्रम निर्देशक डा. प्रकाश रेग्मीसहितको टोलीले ट्रान्सफ्याटसम्बन्धी नीति र कानुन निर्माणका लागि आवश्यक पहल गरिदिन स्वास्थ्यमन्त्री खतिवडासँग आग्रह गरेको थियो ।
ट्रान्सफ्याट एक प्रकारको स्वास्थ्यका लागि अति हानिकारक चिल्लो पदार्थ हो । चिल्लो पदार्थमा पाइने ट्रान्सफ्याटको कारण कम उमेरका मानिसमा पनि हृदयघात र मस्तिष्कघात वृद्धि हुन थालेको तथ्य सन् २००१ मा सार्वजनिक भएको थियो ।
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठः
प्रतिक्रिया 4