१५ कात्तिक, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय चितवनको भरतपुरमा स्थापना भएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।
एमालेको महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । नारायणी नदी किनारमा उद्घाटन समारोह र सौराहामा बन्दसत्र हुनेछ ।
एमाले चितवनको पार्टी कार्यालय भरतपुर–१० मदनपुरमा रहने गरी महाधिवेशन सम्पर्क कार्यालय खोलिएको हो । एमाले चितवनकी अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारीका लागि आवश्यक सबै काम सम्पर्क कार्यालयबाट हुने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4