१६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग गरेका सर्वोच्च अदालतका न्यााधीशहरुले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सुनुवाइ गरेका छैनन् ।
सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका उनीहरुले मंगलबार भने सुनुवाइ गरेनन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार १० जना न्यायाधीशको ५ वटा संयुक्त इजलास तोकेका छन् । तर न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छैनन् ।
प्रधानन्यायाधीश जबराले आफूले सम्मानजनक निकास चाहेको बताएपछि असन्तुष्ट न्यायाधीशका तर्फबाट अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माले छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4