१६ कात्तिक, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिका आफैंले छिटो समाधान गरोस् भन्ने आफूहरुको चाहना रहेको बताएका छन् ।
मन्त्री बडुले संविधानको सीमा, जनताको अपेक्षा पनि स्वतन्त्र न्यायपालिकाभित्र देखिएका समस्या ऊ आफैंले समाधान गरोस् भन्ने रहेको तर्कसमेत गरे ।
मंगलबार काठमाडौंमा आयोजित सञ्चारसम्बन्धी कानुनका विषयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले न्यायपालिकाका कारण जनताको न्याय पाउने अधिकार हनन् हुन नदिन भने सरकार प्रतिवद्ध रहेको बताए ।
‘… हाम्रो सीमाभित्र हामीले हेर्दाखेरि हामी चाहिरहेका छौं–अहिले पनि स्वतन्त्र न्यायपालिकाभित्र देखिएको कुनै समस्यालाई स्वतन्त्र न्यायपालिकाले स्वतन्त्र ढंगले आफैंले समाधान गरोस् । हाम्रो चाहना त्यो नै हो । हाम्रो अपेक्षा पनि त्यो हो । हाम्रो सीमा पनि त्यो छ’ उनले भने ।
मन्त्री बडुले स्वतन्त्र न्यायालयमा समस्या देखिदा त्यसप्रति चिन्ता लाग्नु स्वाभाविकै भएको पनि बताए ।
प्रतिक्रिया 4