१६ कात्तिक, जनकपुरधाम। प्रदेश-२ मा पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएको छ ।
मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले यो विधेयक प्रमाणिकरण गरेका हुन् ।
नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रदेश प्रमुखले प्रमाणीकरण गरेको उक्त कार्यालयले जनाएको छ ।
२६ असोज २०७७ मा पारित भएको यो विधेयक प्रमाणिकरणका लागि तत्कालिन प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ समक्ष जाँदा उनले केही सुझाव दिदैं विधेयक प्रमाणीकरण नगरी फिर्ता गरिदिएका थिए ।
फिर्ता गरिदिएको विधेयक पछिल्लो २२ असोजमा बसेको प्रदेश सभाको बैठकले पुनः पारित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4