चलचित्र ‘ओभर डोज’को फस्टलुक सार्वजनिक भएको छ । यो चलचित्र आगामी मंसिर १७ गतेबाट रिलिज हुदैछ । अमेरिकामै सम्पूर्ण छायांकन गरिएको यो चलचित्रलाई दादा प्रोडक्सन हाउस र रिच इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण गरिएको हो । प्रेम, रोमान्स र एक्सन समेटिएको यो चलचित्रलाई सुमन पौडेलले निर्देशन गरेका हुन् ।
चलचित्रमा प्रनिराज पन्त, सविनजंग थापा, विना श्रेष्ठ, डुएन टर्नर लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई जीवनकुमार केसीले निर्माण गरेका हुन् । दर्शकहरुको रुचीलाई ध्यानमा राखेर चलचित्र बनाइएको निर्माता केसीले बताए ।
यो चलचित्रमा पीजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन, गुच्ची भाइको छायांकन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4