+
+

कसरी चुनिन्छन् एमालेका महाधिवेशन प्रतिनिधि ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १४:३१
फाइल तस्वीर

१७ कात्तिक, काठमाडौं । नेकपा एमालेले आसन्न आसन्न १०औं महाधिवेशनमा कहाँबाट कति प्रतिनिधि सहभागी हुने भन्ने टुंगो लगाएको छ ।

हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले १९९९ महाधिवेशन प्रतिनिधिलाई सहभागी गराउने निर्णय गरेको थियो । तर स्थायी कमिटीले प्रस्ताव गरेभन्दा बढी प्रतिनिधि सहभागी गराउने भएकाले कुन क्षेत्रबाट कति भन्ने टुंगो लागेको थिएन ।

महाधिवेशनका प्रतिनिधिको निर्वाचन कात्तिक २७ गते देशैभरि एकसाथ हुनेछ । एमाले प्रचार विभागका अनुसार हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १२०० पार्टी कसदस्यबाट कम्तिमा एक महिलासहित ३ जना प्रतिनिधि चुनिनेछन् । १०० भन्दा माथि पार्टी सदस्यको हकमा ८०० बराबर एकजना महाधिवेशन प्रतिनिधि थप हुनेछन् र ३ जना प्रतिनिधि थपिँदा कम्तिमा एकजना महिला अनिवार्य हुनेछ । विशेष जिल्ला अन्तर्गत पनि यही अनुपातमा प्रतिनिधि आउनेछन् । जिल्ला र विशेष जिल्ला अन्तर्गत ५०० सम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि आउनेछन् । तीन प्रतिनिधिमध्ये एकजना महिला अनिवार्य हुनेछ ।

केन्द्रीय सल्लाहकार परिषदबाट १५ जना र प्रदेश र सो सरहका कमिटीहरुबाट कम्तिमा २ महिलासहित ५ जनाका दरले आउनेछन् ।

प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले प्रनितनिधि निर्वाचित हुनेछन् । भारत, अमेरिका (क्यानडासमेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियाना मध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तिमा २ महिलासहित ५ जनाका दरले निर्वाचित हुने प्रतिनिधि हुनेछन् ।

यस्तै केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तिमा २ महिला सहित ५ जना प्रतिनिधि हुनछेन् भने २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यहरूबाट कम्तिमा २ महिलासहित ५ जनाका दरले प्रतिनिधि चुनिने एमाले प्रचार विभागले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?