+

उनाई एमरीले अस्वीकार गरे न्यूक्यासलको प्रस्ताव

२०७८ कात्तिक  १७ गते १६:४४ २०७८ कात्तिक १७ गते १६:४४
उनाई एमरीले अस्वीकार गरे न्यूक्यासलको प्रस्ताव

१७ कात्तिक, काठमाडौं । प्रशिक्षक उनाई एमरीले इंग्लिस क्लब न्यूक्यासल युनाइटेडको प्रस्ताव अस्वीकार गरेका छन् ।

स्पेनिस क्लब भियारियलका प्रशिक्षक एमरीलाई अनुबन्ध गर्न न्यूक्यासलले चासो देखाएको थियो । एमरीले पनि सार्वजनिक रुपमा नै त्यसलाई स्वीकार गर्नुका साथै आफूले अस्वीकार नगरिसकेको बताएका थिए ।

तर उनले आफ्नो सोच बदलेका छन् । मंगलबार राति योङ ब्वाइजलाई २–० ले पराजित गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सम्भावना जीवित नै राखेका उनी अब स्पेनमा नै रहने भएका छन् ।

भियारियलका मालिक फेर्नान्डो रोजले पनि यसको पुष्टि गरेको स्पेनिस अनलाइन मार्काले जनाएको छ ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय