१७ कात्तिक, काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) कर्णाली प्रदेशको संयोजकमा एनआईसी एसिया बैंकको प्रदेश कार्यालय सुर्खेतका प्रमुख राजन प्रसाद पोखरेल चुनिएका छन् ।
एनबीए कर्णाली प्रदेश कार्यसमितिको बुधबार बसेको बैठकले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । एनबीए कर्णालीको उपसंयोजकमा भने ग्लोबल आईएमई बैंकका विष्णु अर्याल चुनिएका छन् ।
सचिवमा सिभिल बैंकका अभिजित श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा सेन्चुरी कमर्सियल बैंकका धर्मराज श्रेष्ठ, सिटिजन्स इन्टरनेशनल बैंकका विनय गौतम, कुमारी बैंकका हिमाल मुडभरी, सानिमा बैंकका भोला राजपन्त चुनिएका छन् ।
संयोजक पोखरेलले संघले आगामी दिनमा वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत स्वास्थ्य तथा शिक्षा क्षेत्रमा केन्द्रित कार्यक्रम ल्याउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4