+
+

बारामा १५ वर्षमा बन्यो ५९ लाखको धर्मशाला

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १८:०४

१७ कात्तिक, पर्सा । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा १५ वर्षपछि विष्णु नारायण धर्मशालाको उद्घाटन गरिएको छ ।

प्रदेश नं २ का पूर्व भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बुधबार धर्मशालाको उद्घाटन गरेका हुन् ।

सार्वजनिक जमिनमा बनाईएको धर्मशाला ७४ फिट लम्बाई र ५६ फिट चौडाईको छ । हल र ७ वटा कोठा भएको धर्मशाला विवाह, पार्टी, ब्रतबन्ध लगायत सामाजिक कार्यमा प्रयोग गरिनेछ ।

धर्मशाला बनाउन ५९ लाख रुपैयाँ खर्च भएको निर्माण कार्य समितिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले जानकारी दिए ।

वि.स.२०६३ सालमा शिलान्यास गरिएको धर्मशाला बनाउन १५ वर्ष लागेको छ । संविधान सभा सदस्य जय प्रकाश यादवको संसदीय क्षेत्र विकास कोषको १ लाख ५० हजार रुपैयाँबाट निर्माण शुरु गरिएको थियो ।

पछि जिल्ला विकास समिति बाराबाट ६ लाख ५० हजार बजेट दिएको थियो । स्थानीय बासिन्दाले पनि १ लाख रुपैयाँ खर्च गरे । स्थानीय तहको निर्वाचनपछि परवानीपुर गाउँपलिकाले २० लाख र प्रदेश सरकारले ३० लाख रुपैयाँ दिएको थियो ।

शौचालय र भान्छाघर बनाउन रकम अभाव

धर्मशालामा ५९ लाख खर्च भईसकेपनि शौचालय तयार भईसकेको छैन । सेप्टी ट्याङ्कीको काम सम्पन्न भइसकेको छ ।

माथिको संरचना तयार गर्न रकम अभाव छ । धर्मशाला पछाडीको खाली जमिनमा भान्छाघर बनाउने योजना रहेको निर्माण समितिका अध्यक्ष कुर्मीले बताए ।

‘माथि तला थप्न सके त राम्रो हुन्छ, तर तत्काल पैसा छैन । भान्छा घर र शौचालय जरुरी छ । ’ उनले भने ‘ सबैभन्दा पहिले सञ्चालक समिति बनाउँछौं, न्युनतम भाडा दर तय गरेर प्रयोगमा ल्याउँछौं ।’

धर्मशाला नजिकै रहेको मन्दिर छेउमा भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं २ ले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, बारा मार्फत बनाएको सार्वजनिक शौचालय नै प्रयोग गर्ने गरिएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?