१७ कात्तिक, सुर्खेत । नेकपा (एकीकृत समाजवादी)को कर्णाली प्रदेश संसदीय दलको नेतामा मुगुका चन्द्रबहादुर शाही चयन भएका छन् ।
मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा चयन गरेको एकीकृत समाजवादीकी सांसद देवी ओलीले जानकारी दिइन् । शाही मुगु प्रदेशसभा (क) बाट निर्वाचित सांसद हुन् ।
कर्णाली प्रदेशसभामा समाजवादीका तीन जना सांसद छन् । सांसद ओलीका अनुसार दलको बैठकले समाजवादी संसदीय दलको कार्यालय व्यवस्थापन गर्न प्रदेश सभा सचिवालयलाई जानकारी दिइएको छ ।
सत्ता साझेदार समाजवादीले प्रदेश सरकारमा तीन वटा मन्त्रालय दाबी गरेको छ । योसँगै अब दलका नेता शाहीको नेतृत्वमा समाजवादी कर्णाली प्रदेश सरकारमा सहभागी हुने छ ।
समाजवादीका पोलिटव्यूरो सदस्य समेत रहेका शाही कर्णाली प्रदेशका सहइन्चार्ज हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4