+
+

रेडियो काठमाण्डुले प्रसारण क्षमता बढायो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते ६:००

काठमाडौं । रेडियो काठमाण्डु ९२.१ मेगाहर्जले प्रसारण क्षमता बढाएर एक हजार वाट पुर्याएको छ । यसअघि यो एफएम पाँच सय वाटमा प्रशारण हुँदै आएको थियो ।

२०७३ साल बैशाख १ गतेबाट औपचारिक प्रसारण सुरु गरेको रेडियो काठमाण्डुले लक्ष्मीपूजाको दिनदेखि औपचारिक रुपमा एक हजार वाट क्षमताबाट प्रसारण सुरु गरेको हो ।

‘परिवर्तन सम्भव छ’ भन्ने मूल नाराका साथ चाबहिलबाट प्रसारण भइरहेको रेडियो काठमाण्डु क्षमता वृद्धिसँगै अझै धेरै जिल्लामा स्पष्ट सुनिने सन्चालकको विश्वास छ ।

रेडियो काठमाण्डु एफएम ब्याण्डको ९२.१ मेगाहर्जसँगै रेडियो काठमाण्डु डटकम र फेसबुकमा समेत प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?