+
+

तस्वीरमा हेर्नुहोस् कलाकारहरुको लक्ष्मीपूजा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते २१:२९

आज उज्यालोको दिन अर्थात् लक्ष्मीपूजा । धनन्यायकी देवी लक्ष्मीको घर–घरमा पूजा गरी दीपावली गरिएको छ । घरका विभिन्न स्थानमा सरसफाइ गर्दै आज लक्ष्मीपूजा गरिएको छ । कलाकारहरुले पनि आज लक्ष्मीपूजा गरेका छन् । लक्ष्मीपूजा गर्दै गर्दा कलाकारहरु निक्कै खुशी देखिएका थिए ।

निरन्तर काम गर्दा थकित भएका कलाकारहरुका लागि तिहारमा आराम गर्ने समय समेत मिल्छ । अर्कोतिर, झिलिमिली बत्तीले मनमा सकारात्मक तरंग उत्पन्न हुने कलाकारहरु बताउँछन् । अभिनेत्री करिश्मा मानन्धर, रेखा थापा, श्वेता खड्का, केकी अधिकारी, अदिती बुढाथोकी, वर्षा सिवाकोटीदेखि मोडल उषा उप्रेती, आश्मा विश्वकर्मा लगायतले पनि हर्षोउल्लासका साथ लक्ष्मीपूजा गरेका छन् ।

यस्तै, पूर्व मिस नेपाल अश्मी श्रेष्ठले पनि लक्ष्मीपूजा गरेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । यी बाहेक नेपाली चलचित्रका कलाकार, म्यूजिक भिडियोका मोडलदेखि गायक–गायिकाहरुले पनि धुमधामसँग लक्ष्मीपूजा गरेका छन् ।

तस्वीर : कलाकारहरुको सामाजिक सञ्जालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?