+
+

‘विज्ञ सूची’ अध्यावधिकका लागि वित्त आयोगले माग्यो आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते १२:५०

१९ कात्तिक, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विज्ञको सूची (रोष्टर) अध्यावधिक गर्न भन्दै योग्य विज्ञहरुबाट सूचि माग गरेको छ ।

आयोगले संविधानले तोकेको जिम्मेवारी अनुसार नेपाल सरकारलाई गर्नुपर्ने सिफारिस र सम्पादन गर्नुपर्ने काममा विज्ञबाट राय लिने गरेको छ ।

आयोगका काम, क्षमता विकास, गोष्ठी, अन्तरक्रिया, सर्वेक्षण, अध्ययन–अनुसन्धान, प्रतिवेदनलगायत क्रियाकलापका लागि विज्ञबाट राय तथा सहयोग लिने गर्छ । सोही प्रयोजनका लागि आयोगले हरेक वर्ष विज्ञको सूचना बनाउने गर्छ ।

यस वर्ष पनि आयोगले वित्तीय संघीयता, अर्थशास्त्र, राजस्व, वित्त, तथ्यांक, प्राकृतिक स्रोत (खानी, पर्यटन, वन, विद्युत, पानी र अन्य)का क्षेत्रमा अनुभव र विज्ञता हासिल गरेकाहरुबाट आवेदन माग गरिएको छ ।

विज्ञहरुले आयोलको इमेल ठेगानामा यस्तो आवेदन पठाउनु पर्ने भएको छ । सो क्रममा विज्ञहरुले आफ्नो विज्ञताको क्षेत्र र अनुसन्धानको क्षेत्र समेत खुलाउनु पर्ने आयोगले जानकारी गराएको छ ।

वित्तीय संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण जिम्मेवारी आयोगसँग रहेको छ । आयोगले हरेक वर्ष बजेट निर्माणका दौरान सरकारलाई वित्तीय अनुदान हस्तान्तरणको सुत्र सिफारिस गर्ने मुख्य जिम्मेवारी निर्वाह गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?