१९ कात्तिक, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल संवतलाई मुलुकको मौलिक संवतका रूपमा प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।
नवसमाज निर्माण पुस्तकालयले आफ्नो ४०औं वार्षिकोत्सवका अवसरमा शुक्रबार चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजना गरेको नेपाल संवतको भित्तेपात्रो विमोचन कार्यक्रममा उनले यस संवतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्ने बताए ।
बिजुक्छेले सबै जाति, समुदायका भेषभूषा तथा संस्कृतिले मुलुकमा सामाजिक सद्भाव र एकता कायम राख्न सहयोग पुर्याउने उल्लेख गरे ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राष्ट्रिय संवतका रूपमा स्थापित नेपाल संवतका विशेषतालाई प्रचार गर्नुपर्नेमा जोड दिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4