१९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिका विशेष दूत जोन केरीले जलवायु परिर्वतनसँग जुध्न गरिब देशहरुलाई दिइने फण्ड आगामी वर्ष १०० विलियन डलरसम्म पुग्ने बताएका छन् ।
ग्लास्गोमा भएको जलवायु परिर्वतनसम्बन्धी शिखर सम्मेलनमा सबैको चिन्ता थियो, कार्बन उत्सर्जन कम गर्न आवश्यक प्रविधिका लागि गरिब मुलुकहरुले कसरी जुटाउने छन् ।
अमेरिका र वर्ल्ड इकोनोमिक फोरमले विश्वका २४ ठूला कम्पनीको गठबन्धन बनाएको छ, जसले २०३० सम्म कम कार्बन उत्सर्जन वाला उत्पादन खरिद गर्ने छ । यसको उद्देश्य ग्रिन सप्लाई चेनको निर्माण गरेर जलवायु परिर्वतनसम्बन्धी लक्ष्य पुरा गर्नु हो ।
धेरै साना देशहरुलाई कोइला जस्ता इन्धनबाट छुटकारा पाउन वैकल्पिक उर्जा संशोधन जरुरी हुन्छ । तर यो निकै खर्चालु परिर्वतन हो ।
बिहीबार मात्र बेलायतका उर्जामन्त्रीले विश्वका ४० देश चरणवद्ध रुपमा कोइलाको प्रयोग बन्द गर्न सहमत भएका छन् । तर त्यसमा भारत र चीन जस्ता ठूला देश छैनन् ।
प्रतिक्रिया 4