+
+

मिथिला क्षेत्रमा मनाइयो भातृद्वितीया पर्व

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २० गते १७:१६

२० कात्तिक, जनकपुरधाम । जनकपुरधामसहित मिथिला क्षेत्रमा शनिबार भातृद्वितीया पर्व मनाइएको छ । दिदीबहिनी र दाजुभाइको मायाको प्रतीक यो पर्वलाई भरदुतिया समेत भन्ने गरिन्छ ।

मिथिला समाजमा भातृद्वितीया पर्वको आफ्नै महत्व रहेको छ । यस दिन दाजुभाइ आफ्ना दिदीबहिनीकहाँ गई न्यौत अर्थात् नाता लिने गर्छन् । दाजुभाइ दिदीबहिनीको घर जाने क्रममा मिठाई, फलफूल र लुगा लिएर जाने चलन छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका र माला लगाइदिँदै न्यौत लिने गर्छन् । यो न्यौत लिनका लागि आफ्नो आँगनमा विशेष किसिमको चित्र कोर्ने गरिन्छ । जसलाई चौका भन्ने गरिन्छ । चौकाको एकातिर पिंढी राख्ने गरिन्छ । जसमा दाजुभाइलाई बसाउने गरिन्छ ।

पिंढीमा बसाएपछि दिदीबहिनीले दाजुभाइको हातमा चामलबाट बनाइएको पिठार लगाइदिन्छन् । लगाइएको पिठारमाथि पान र सुपाडी दिँदै पानी हालेर आफ्ना दाजुभाइको हात समातेर उठाउँछिन् । दिदी भए भाइले र बहिनी भए दाजुको खुट्टामा ढोंगेर आशीर्वाद लिने गर्छन् ।

यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई मीठा–मीठा परिकार बनाएर खुवाउने गर्छन् ।

गत वर्ष कोरोना कहरका कारण भ्रातृद्वितीया पर्वमा धेरै दाजुभाइ आफ्नो दिदीबहिनीकहाँ जान पाएका थिएनन् । यस पटक यो पर्व भव्यतापूर्वक मनाइएको छ ।

यो पर्व सकिनेबित्तिकै मिथिला क्षेत्रमा छठ पर्वको तयारी शुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?