+
+

दाङमा लाठी प्रहार गरी श्रीमतीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते ८:५८

२१ कात्तिक, बुटवल । दाङमा श्रीमानले लाठी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

जिल्लाको गढवा गाउँपालिका-६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले लाठी प्रहार गर्दा ५० वर्षीया श्रीमती सुनिता रोकाको घटनास्थलमै मृत्यु भएको हो ।

घरायसी विवादमा दानबहादुरले लाठीले टाउको र घाँटीमा हिर्काउंदा सुनिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतक सुनिता दानबहादुरकी कान्छी श्रीमती हुन् । घटनापछि दानबहादुर फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?