+
+

‘सत्यम्’मा राजेशकी प्रेमिका नीलम

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते १४:०६

तिहार अगाडि वर्कशप सम्पन्न गरेको चलचित्र ‘सत्यम्’ टिम अब चाँडै छायांकनमा जाने तयारीमा छ । तर, चलचित्रका लागि अझै केही कलाकार भने फाइनल गरिएको छैन । चलचित्रमा नायक पल शाह र नायिका मलिका महत प्रेमी-प्रेमिकाको रुपमा देखिँदैछन् । यस्तै, चलचित्रमा खलपात्रको रुपमा नायक अनुपविक्रम शाहीले काम गर्दैछन् ।

चलचित्रका लागि राजेश हमालको अपोजिटमा दुई नायिकाको आवश्यकता पर्ने निर्देशक शंकर कार्कीले बताए । उनका अनुसार राजेशकी प्रेमिकाको रुपमा मोडल नीलम चन्दलाई फाइनल गरिएको छ । नीलम ‘कल कान्तिपुर’की भीजे हुन् । यस्तै, उनले म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।

यस्तै, राजेशकी श्रीमतीको रुपमा भने नायिका निरुता सिंहलाई अफर गरिएको छ । निर्देशक कार्कीले निरुता सिंह सकारात्मक भए पनि पक्का भने भइनसकेको जानकारी दिए ।

उनले भने, ‘हामी चलचित्रलाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी राख्दैनौं । यसका लागि हरेक भूमिकामा उत्कृष्ट कलाकारको छनोट गर्ने हाम्रो सोच हो ।’ रेशम सापकोटाले निर्माण गर्न लागेको यो चलचित्रलाई मुस्ताङ र पोखरामा खिचिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?