+

चार मैदानमा आयोजना हुँदैछ शहीद स्मारक ए डिभिजन लिग

२०७८ कात्तिक  २१ गते १५:१० २०७८ कात्तिक २१ गते १५:१०
चार मैदानमा आयोजना हुँदैछ शहीद स्मारक ए डिभिजन लिग

२१ कात्तिक, काठमाडौं । कात्तिक २९ गतेदेखि आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्‌घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार मैदानमा आयोजना हुँदै छन् । मनाङ मस्र्याङ्दी फुटबल क्लबले पोखराको रंगशालालाई घरेलु मैदान बनाउँदै छ भने च्यासल मैदान पनि लिगका लागि प्रयोग गर्ने योजना आयोजक एन्फाले बनाएको छ ।

नेपाली फुटबलको मेरुदण्ड मानिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा उद्‌घाटन हुँदै छ । पहिलो खेल यसै सिजन बढुवा भएको सातादोबाटो युथ क्लबले फ्रेन्ड्सँग प्रतिस्पर्धा गर्दा दशरथ रंगशालामा उद्घान समारोह हुनेछ ।

उद्‌घाटन खेल ‘फ्लड लाईट’ खेलाउने तालिका बनाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले दशरथ रंगशाला बाहेक एन्फा टेक्निकल सेन्टर, च्यासल मैदान र मनाङ मस्र्याङ्दीले प्रस्ताव गरेको पोखरा रंगशालामा खेलाउने सक्ने बताएको छ ।

दशरथ रंगशालमा उद्‌घाटन हुने खेल ५ बजे सुरु हुनेछ । २०७२ को भूकम्प पछि बनेको नयाँ रंगशालामा उद्‌घाटन खेल बाहेक अन्य खेल भने दिउँसो ३ बजे हुनेछन् ।

काठमाडौंको मध्य भागमा रहेको रंगशालामा १३ औं दक्षिण एसियाली खेलकुद भइसकेका छन् भने केही अन्तर्राष्ट्रिय खेल पनि सम्पन्न भइसकेका छन् । सुरुआती दुई चरणका तालिका मात्र सार्वजनिक भएको मध्येमा दशरथ रंगशालाका अलावा एन्फा तेक्निकल सेन्टरमा तोकिएको छ ।

एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने पहिलो खेल कात्तिक ३० गते हिमालयन शेर्पा र संकटा क्लबबीच आयोजना हुनेछ । उत्त खेल दिनको १२ बजे हुनेछ । कृत्रिम मैदान एन्फा टेक्निकल सेन्टरमा अहिले केही टोलीले मैत्रिपूर्ण खेल खेलेका छन् । जुन प्रिसिजन अघिको अभ्यास खेलको रुपमा ब्यख्या गरिएको छ ।

तेस्रो चरणको खेलमा च्यासलमा गराउने लक्ष्य राखेको एन्फामा केही प्राविधिक काम भने बाँकी नै छ । मैदानमा गोलपोस्ट बनाउने र मैदानभित्र खेल क्षेत्रको लाइन बनाउने काम बाँकी नै छ ।

यस्तै चौथो खेल स्थलको रुपमा पोखरा रंगशाला पनि प्रयोग आउने एन्फाले जनाएको छ । जसलाई मनाङ मस्र्याङ्दी फुटबल क्लबले घरेलु मैदानको रुपमा प्रयोग गर्ने योजनामा छ ।

सोही अनुसार तालिका बनाउनु पर्ने भएकाले दुई चरणका खेललाई मात्र खेल स्थल, मिति र समय तोकिएको हो । कोरोनाका कारण सिमित दर्शक उपस्थिति हुँदै आएको मैदानमा नयाँ सिजनको खेलमा दर्शकलाई अनुमति दिने जनाएको छ ।

फागुन १४ गते सम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ ।

ए डिभिजन लिग शहीद स्मारक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय