२२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४२५ रहेको छ ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ७६५ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ भने ७ लाख ९५ हजार ८२२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ जना रहेका छन् । जसमध्ये ७ हजार ९४ जना होम आइसोलेसनमा रहेका छन् भने ५६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८७ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २९ जना कोरोना संक्रमित थपिएका छन् ।
कुन जिल्लामा कति संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा काठमाडौंमा ११७, रुपन्देहीमा ४४, मोरङमा ३०, कास्कीमा २६, ललितपुरमा २०, चितवन र भक्तपुरमा १५/१५ जना तथा कैलालीमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया 4