+
+

दलहरूलाई संविधानविद् ज्ञवालीको आग्रह : महाअभियोगका प्रस्ताव लैजानुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १३:३३

२३ कात्तिक, काठमाडौं । संविधानविद् डाक्टर चन्द्रकान्त ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन दलहरुलाई आग्रह गरेका छन् ।

न्यायाधीशले आफूहरुको विश्वास छैन भने भद्र अवज्ञा गरेको र बार एशोसिएसन पनि आन्दोलनमा रहेको भन्दै उनले बार र बेञ्च दुबैको विश्वास गुमाएका प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने बताए । तर राजीनामा दिनुको साटो प्रधानन्यायाधीश दलहरुको ढोका चाहार्दै हिँडेको र महाअभियोग प्रस्ताव आउँछ कि भनेर हठात संसद अधिवेशन अन्त्य गरिएको बताए ।

न्यायाधीश र बारको आन्दोलनप्रति दलहरु मौन बसेको भन्दै उनले भने, ‘तपाईहरुको हतियार चलाउनुस्, महाअभियोगका प्रस्ताव लैजानुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?