+
+

१६,७३६ परीक्षणमा ५३३ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १६:१७

२३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जना गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भइ घर फर्कनेको संख्या ४८४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या सात हजार ६१२ रहेको छ ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ पुगेको छ । जसमध्ये ७ लाख ९६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ११ हजार ४५४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ११८, भक्तपुरमा १३ र ललितपुरमा ३८ जनामा संक्रमण भएकाो छ । त्यस्तै मोरङमा ४२, झापामा २२, रुपन्देहीमा २९, कास्कीमा २०, चितवनमा १६, कैलालीमा १५ र दाङमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?