+
+

गृहमन्त्री खाणले लिए भूमि आयोगको प्रगतिबारे जानकारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १०:२४

२३ कात्तिक, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय भूमि आयोगले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी लिएका छन् ।

मंगलबार मन्त्रालयमा आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कासहितका पदाधिकारीलाई बोलाएर अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएका हुन्।

आयोगका अध्यक्ष निरौलाले यसअघिको आयोगले गरेका कामर अहिलेसम्मको अवस्थाबारे सबै पालिकासँग तथ्यांक मागिएको जानकारी दिए । त्यो तथ्यांक आयो भने अहिलेसम्म कति काम भएको छ, गर्नु पर्ने काम के छ र कति समय लाग्छ भन्नेबारे स्पष्ट हुने गृहमन्त्री खाणलाई जानकारी गराए ।

उनले अहिलेसम्म ११ लाख फाराम भरिएकामा सफ्टवेयरमा जम्मा एक लाख ८४ हजारमात्रै इन्ट्री गरिएको जानकारी गराएका थिए ।

कात्तिक मसान्तसम्म कार्यविधि बनाएर काम सुरु गरी माघ मसान्तसम्ममा केही मात्रामा भए पनि जग्गा धनी पूर्जा बाँड्ने गरी आफूहरूले काम गरिरहेको उनले बताए ।

गृहमन्त्री खाणले नतिजा आउनेगरी काम गर्न निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले बताए । उनका अनुसार गृहमन्त्री खाणले मन्त्रालयबाट पूर्ण साथ र सहयोग रहने बताउँदै नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?