२४ कात्तिक, पर्सा । पर्सामा प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै दुईजनालाई पक्राउ गरेको छ ।
वीरगञ्जमहानगरपालिका-१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना२९प ६७९० नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दैगर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१५ भीष्वाका २२ वर्षीय सुरज सहनी र सुजित सहनी रहेका छन् ।
उनीहरुले कालो र रातो रंगको १८० सीसीको पल्सर मोटरसाइलक चोरी गर्दैगर्दा अस्पतालका सेक्यूरिटी गार्डले देखेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि चोरीसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता ओमप्रकाश खनालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4