+
+

माओवादी नेता रामचन्द्र झा एकीकृत समाजवादी प्रवेश गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १७:२४
फाइल तस्वीर

२४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।

५ मंसिरमा जनकपुरमा हुने आमसभामा झा औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश गर्नेछन् । उनले माओवादी नेताहरुसँग भने विदा लिइसकेका छन् ।

आफू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग सल्लाह गरेर नै विदा भएको झाले अनलाइनखबलाई बताए । ‘प्रचण्डजीसँग रहेर जति योगदान गर्न सक्छु, त्योभन्दा बढी माधवजीसँग रहेर गर्नसक्छु भन्ने लाग्यो’ झाले भने, ‘त्यसैले उहाँहरुसँग सल्लाह गरेर नै एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको हुँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?