
२५ कात्तिक, जनकपुर । तराईमा चार दिनसम्म धुमधामका साथ मनाइने छठ पर्वको आज अन्तिम दिन । बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएको छ ।
तराईंका जिल्लामा व्रतालुहरूले नजिकैका नदी, खोला र पोखरीमा गई आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत र छठको समापन गरेका हुन् ।
आज बिहानै प्रदेश २ को अस्थायी राजधानी जनकपुर, वीरगञ्जलगायतका सहरहरूमा सजाइएका पोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिनेहरूको भीड लागेको छ ।जनकपुरको धनुष सागर र गंगा सागरमा अर्घ दिनेहरूको ठूलो भीड थियो ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने जनविश्वासका साथ छठ पर्व मनाउने गरिन्छ ।
हेरौं जनकपुरको छठका केही तस्वीरहरू –
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4