+
+

सर्वोच्चमा तनाव, प्रहरी र वकिलबीच धकेलाधकेल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते ११:२१

२५ कात्तिक, काठमाडौं । कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ ।

कानुन व्यवसायीहरुले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो । प्रदर्शनमा सहभागीहरुले आफ्नो अडान कायम राखे । उनीहरुले प्रदर्शन गर्न नदिएमा सर्वोच्च अदालतको मूल ढोकामै प्रदर्शन गर्ने भनाइ राखे । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ ।

वकिलहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् । उनीहरुले ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा पनि लगाएका छन् ।

प्रहरी र वकिलबीच धकेलाधकेल भइरहेको बेला केही न्यायाधीशहरुले केहीबेर बालकोनीबाट हेरेका थिए । सर्वोच्चका अदालतका कर्मचारीहरु भने बालकोनीमै रहेर सो दृष्य नियालीरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?