+
+

सर्वोच्च परिसरमा सशस्त्रको टोली पनि खटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १२:०८

२५ कात्तिक, काठमाडौं । कानुन व्यवसायीहरुको प्रदर्शन रोक्ने उद्देश्यले सशस्त्र प्रहरीको टोली पनि सर्वोच्च अदालत क्षेत्रमा खटाइएको छ । सशस्त्र प्रहरीको टोली नेपाल प्रहरीको ब्याक सपोर्टमा देखिएको छ ।

सर्वोच्च अदालत परिसरमा नेपाल प्रहरीका एसपीको कमाण्डमा प्रहरी कार्यालय नै स्थापित छ । सुरक्षा चुनौतीको अवस्था हेरेर नेपाल प्रहरीले अतिरिक्त प्रहरी टोली खटाउने गरेको छ । बिहीबार सर्वोच्च परिसरमा कानून व्‍यवसायी र प्रहरीबीच घम्साघम्सी भएपछि सशस्त्रको अर्को टोली पनि सर्वोच्च अदालतभित्रै खटाइएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले आज सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेपछि सर्वोच्च अदालत परिसरमा तनाव भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?