२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नेता पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका हुन् । बैठक शुक्रबार दिउँसो बस्ने पौडेल निकट केन्द्रीय सदस्य गुरु घिमिरेले बताए ।
पौडेल समूहले आइतबार बस्ने केन्द्रीय समिति बैठकमा आफ्नो समूहबाट साझा धारणा बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुको बैठक बोलाएको जनाएको छ । बिहीबार मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूनिकट पदाधिकारीसँग छलफल गरेका थिए ।
केन्द्रीय समिति बैठकले महाधिवशेनको तयारीका लागि विभिन्न उपसमिति गठन गर्न बताइएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४–२७ सम्म काठमाडौमा हुँदैछ । कांग्रेसले वडा अधिवेशन नभएका जिल्लाहरुमा कात्तिक २७ गतेदेखि अधिवेशनका कार्यक्रम सुरु गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया 4