+
+

सर्वोच्चमा कानुन व्यवसायीलाई रोक्न प्रहरीले बनायो चार घेरा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १०:५१

२६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालत परिसर भित्र र बाहिर व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वोच्च अदालतमा कानुन व्यवसायीलाई रोक्न कम्तिमा चार घेरामा प्रहरी टोली तैनाथ छन् ।

जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन चार तहको सुरक्षा घेरा बनाइएको छ । यसअघि एसपीको नेतृत्वमा सर्वोच्च अदालतमा प्रहरी परिचालन हुने गरेकामा आज काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह नै फिल्डमा खटिएका छन् ।

महान्यायाधीवक्ताको कार्यालय तर्फ र नेपाल बार एशोसिएससनको कार्यालयतर्फबाट सर्वोच्च अदालत भित्र प्रवेश गर्ने गेटहरु बन्द गरिएको छ । त्यहाँ सुरक्षाकर्मीको एउटा घेरा छ । त्यसभित्र पनि अर्को घेरामा सुरक्षाकर्मीहरु खटिएका छन् ।

सर्वोच्च अदालतको आँगन र मुख्य भवनभित्र प्रवेश गर्ने ढोका अगाडि पनि सुरक्षाकर्मीहरु तैनाथ भएको देखिन्छ ।

यसैबीच नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई फोन गरेर नेपाल बार तर्फको गेट खोलिदिन आग्रह गरेका छन् । ‘हामी आतंककारी होइनौं, शान्तिपूर्ण प्रदर्शनमा रोक लगाउनु भएन’ भन्दै उनले कुँवरलाई फोन गरेका थिए । कुँवरले भने ‘माथिको आदेश’ भएकाले गेट बन्द गरिएको बताएको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?