+
+

उच्च समझदारीको आधारमा प्रतिनिधि चयन गर्न ओलीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १७:५५

२६ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तापंक्तिलाई उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् ।

महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै ओलीले उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गरेका हुन् । ‘प्रतिश्पर्धा मात्रै होइन, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्च स्तरीय अभ्यास हो’, ओलीले भनेका छन् ।

दलभित्रको समझदारी सुदृढ एकताको आधार हुने पनि ओलीले बताएका छन् । चितवनमा १०–१२ मंसिरमा हुने १०औं महाधिवेशनका लागि शनिबार प्रतिनिधि चयन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?