+
+

आहा ! बकुल्ला

यो हप्ता चितवनको कल्याणपुर क्षेत्रमा बकुल्ला चराको स-सानो झुण्ड देखियो । दिउँसोको समयमा सिमसार क्षेत्रमा पानीमा पौडी खेल्ने र किरा फट्याङ्ग्रा यो चरा चरिरहेको गाईहरुसँगै देखिन्छ ।

शंकर गिरी शंकर गिरी
२०७८ कात्तिक २७ गते १४:१८

२७ कात्तिक, काठमाडौं । केही दिनअघि चितवनको कल्याणपुर क्षेत्रमा बकुल्लाको स-सानो झुण्ड देखियो । एकथरी बकुल्ला गाईवस्तुसँगै देखिन्छन् । यिनीहरुले गाईवस्तु भएका ठाउँमा आउने कीरा-फट्या‌ंग्रालाई मुख्य आहारा बनाउँछन् ।

यस्तै सिमसार क्षेत्रमा पाइने अर्कोथरी बकुल्लाले कीरा-फट्याङग्रा, साना माछा लगायतलाई मुख्य आहारा बनाउँछन् ।

स-सानो झुण्डमा बस्न रुचाउने यी सेता बकुल्लाको ठुँड पहेंलो र कालो रंगको हुन्छ । बकुल्ला ४५ देखि ५५ सेन्टिमिटर लामो हुन्छ भने  यसको तौल २७० देखि ५१२ ग्रामसम्म हुन्छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?