+
+

टाउकाको मूल्य ५० लाख तोकिएका भारतीय माओवादी नेता मारिए

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १५:०१

२८ कात्तिक, काठमाडौं । सर्वाधिक खोजीको सूचीमा रहेका एक भारतीय माओवादी नेता प्रहरीसँगको मुडभेडमा मारिएका छन् । भारतीय माओवादी नेता मिलिन्द तेलटुम्ब्डे महाराष्ट्रको गडचिरोली जिल्लामा मुठभेडमा मारिएको भारतीय समाचार माध्यमले जनाएका छन् । प्रहरी कारबाहीमा मिलिन्दसहित २६ जना माओवादी कार्यकर्ता मारिएको जनाइएको छ ।

आइतबार महाराष्ट्र प्रहरीका एक वरिष्ठ अधिकारीले कोर्चीको जंगलमा मुडभेड भएको जानकारी गराएका छन् । प्रहरीको सी-६० कमान्डोले शनिबार गरेको सर्च अपरेसनमा दोहोरो भिडन्त भएको थियो ।

भिडन्तपछि मिलिन्दसहित २६ जना माओवादीको शव बरामद भएको प्रहरीको भनाइ छ । मारिनेमध्ये २० जना पुरुष र ६ जना महिला छन् ।

प्रहरीले घटनास्थलबाट ९ वटा एसएलआर र ५ वटा एके-४७ सहित २९ हतियार समेत फेला पारेको छ । भिडन्तमा ४ जना प्रहरी कमान्डो घाइते भएका छन् ।

एलगर परिषद् घटनामा संलग्न रहेको आरोपमा मिलिन्दलाई प्रहरीले सर्वाधिक खोजीको सूचीमा राखेको थियो । महाराष्ट्रका विभिन्न हिंसात्मक गतिविधिमा संलग्न रहेको ठानिएका उनको टाउकाको मूल्य ५० लाख भारु तोकिएको थियो ।

मिलिन्द अभियन्ता एवं लेखक आनन्द तेलटुम्ब्डेका भाइ हुन् । एलगर परिषद् घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका आनन्द हाल कारागारमा छन् ।

‘खतरनाक माओवादी’ भनेर चिनिने मिलिन्द फरार अभियुक्त सूचीमा समेत थिए । सन् १९९६ देखि नक्सलवादी आन्दोलनमा लागेका उनलाई सुरक्षा निकायले खोजिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?